आइतबार, वैशाख २७, २०८३

फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राष्ट्रपति कार्यालय एल्सी प्यालेसले यसबारे जानकारी गराएको हो।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

एजेन्सी- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार राष्ट्रपति कार्यालय एल्सी प्यालेसले यसबारे जानकारी गराएको हो।

National life

‘४२ वर्षीय राष्ट्रपति म्याक्रोँलाई केही लक्षण देखा परेपछि जाँच गराइएको थियो, जसको नतिजा पोजेटिभ आएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

राष्ट्रपतिलाई के लक्षण देखिएको थियो भन्नेबारे भने खुलाइएको छैन।

‘उहाँले स्वास्थ्यका उपायहरु अपनाएर र सामाजिक दूरी कायम राखेर आफ्नो काम गर्नुहुनेछ।’ विज्ञप्तिमा भनिएको छ।

फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्स पनि म्यक्रोँको सम्पर्कमा रहेका कारण सेल्फ आइसोलेट भएका छन्।

कास्टेक्समा कुनै पनि खालको लक्षण देखिएको छैन।

राष्ट्रपति म्याक्रोँ कोरोना संक्रमित हुने विश्वको तेस्रो ठूलो नेता हुन्। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन तथा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: Dec 17, 2020| 10:57 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।