लन्डन– बेलायतमा अश्वेत, एसियन एन्ड माइनरिटी एथनिक (बीएएमई) समूहसहित भारतीय मूलका नागरिक कोरोना भाइरस महामारीको खोप लगाउन अनिच्छुक देखिएका छन्।
बेलायतमा गरिएको एउटा अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो। यस कारण बेलायत सरकारले खोपमा सबै नागरिकलाई सामेल गराउन अपिल गरेको छ।
बेलायतमा ‘फाइजर÷बायोएनटेक’ द्वारा विकसित कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको छ। एक साता अवधिमा एक लाख ३८ हजारले यो खोप लगाइसकेका छन्।
अध्ययनअनुसर एसियाली मूलका मानिसहरु खोपप्रति पूर्ण विश्वस्त छैनन्। त्यसैले ५५ प्रतिशत एसियाली मात्र खोप लगाउन तयार भएका छन्।
आरएसपीएचकी कार्यकारी प्रमुख क्रिस्टिना मेरियटले भनिन्, ‘राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) प्रति अलगअलग समुदायको आआफ्नो विश्वास छ। खोपको विरोधमा विभिन्न समूह सक्रिय छन्, जसमा विभिन्न जातीय एवम् धार्मिक समुदाय सहभागी छन्।’
रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपीएच) ले गरेको अध्ययनअनुसार बेलायतमा चारमध्ये तीन जान आफ्नो चिकित्सकको सल्लाहमा कोरोना भाइरस विरुद्धको खोप लगाउन तयार भएका छन्।