सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • आतंकवादबाट सबैभन्दा प्रभावित अफगानिस्तान, सातौंमा पाकिस्तान र आठौंमा भारत

आतंकवादबाट सबैभन्दा प्रभावित अफगानिस्तान, सातौंमा पाकिस्तान र आठौंमा भारत

आठौं स्थानमा भारत छ। भारतको जम्मु काश्मीर क्षेत्र आतंकवादबाट ज्यादै प्रभावित छ। भारतले १० मा ७.३५ अंक पाएको छ।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

 अफगानिस्तान  आतंकवादबाट विश्वमै सबैभन्दा बढी प्रभावित देशको रुपमा सूचीकृत भएको छ।

अस्ट्रेलियास्थित इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस नामक संस्थाको वार्षिक आतंकवाद सूचक (२०२०) को पहिलो नम्बरमा अफगानिस्तान परेको हो।

अफगानिस्तानमा लामो समयदेखि तालिवान विद्रोहीले आतंकवादी क्रियाकलाप गर्दै आएकाे छ।

विश्वमा सबैभन्दा बढी आतंकवादबाट प्रभावित अफगानिस्तानले १० मा ९.५९ अंक पाएको छ।

इराक आतंकवादबाट प्रभावित देशको सूचीमा दोस्रो नम्बरमा छ। इराकले १० मा ८.६८ अंक पाएको छ।

आतंकवादबाट सबैभन्दा प्रभावित तेस्रो देश अफ्रिकी मुलुक नाइजेरिया हाे।  नाइजेरियामा विगत केही महिनादेखि सुरक्षा बल र सशस्त्र समूहबीच युद्ध भइरहेको छ। नाइजेरियाले १० मा ८.३१ अंक पाएको छ।

७.७ अंकका साथ सिरिया आतंकवाद प्रभावित देशको सूचीमा चौथो नम्बरमा छ। सिरियामा राष्ट्रपति बसर अल असदविरुद्धमा विद्रोहीहरुले युद्ध गरिरहेका छन्। विद्रोही समूहको सम्बन्ध इस्लामिक संगठनसँग रहेको बताइएको छ।

पाँचौं स्थानमा पूर्वी अफ्रिकी मुलुक सोमालिया छ। विश्व आतंकवाद सूचकांकमा सोमालियाले ७.६४ अंक पाएको छ। सोमालियामा अल सबाब नामक आतंकवादी समूहले लामो समयदेखि सुरक्षाकर्मीसँग संघर्ष गर्दै आएको छ। सोमालियामा ७०० अमेरिकी सैनिक तैनाथ छन्। अमेरिका त्यहाँबाट सेना कटौती गर्ने योजनामा छ।

आतंकवादबाट प्रभावित मुलुकको सूचीमा यमन छैटौं स्थानमा छ। यहाँ हुथी विद्रोहीले सरकारविरुद्ध युद्ध गर्दै आएको छ। सूचकांकमा यमनको अंक ७.५८ छ।

पाकिस्तान आतंकवादबाट अधिक प्रभावित मुलुकको सूचीमा सातौं स्थानमा छ। उक्त संस्थाले पाकिस्तानलाई ७.५४ अंक दिएको छ।

यस्तै आठौं स्थानमा भारत छ। भारतको जम्मु काश्मीर क्षेत्र आतंकवादबाट ज्यादै प्रभावित छ। भारतले १० मा ७.३५ अंक पाएको छ।

नवौं स्थानमा डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआरसी) रहेको छ। संस्थाले यो देशलाई ७.१७ अंक दिएको छ। डीआरसी लामो समयदेखि गृहयुद्धमा छ। 

इस्न्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले फिलिपिन्सलाई आतंकवादको सूचीमा १० औं नम्बरमा राखेको छ। यसले सात अंक पाएको छ। एएफपी
 

प्रकाशित: Dec 17, 2020| 09:41 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।