मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लागुऔषध मुद्दामा ५ वर्ष सजाय तोकिएका व्यक्ति १४ वर्षपछि पक्राउ

लागुऔषध मुद्दामा ५ वर्ष सजाय तोकिएका व्यक्ति १४ वर्षपछि पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। 

उच्च अदालत पाटनले १४ माघ २०६३ मा काठमाडौं महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठलाई पाँच वर्ष कैद सजाय हुने ठहर गरेको थियो।

अदालतले उनलाई पाँच हजार जरिवानासमेत तोकेको थियो। 

काठमाडौंको चौमतीमा लुकेर बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेर सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ।

प्रकाशित: Dec 17, 2020| 08:21 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।