मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको पैसा नतिर्ने सुगर मिल सञ्चालक खोज्दै प्रहरी

उखु किसानको पैसा नतिर्ने सुगर मिल सञ्चालक खोज्दै प्रहरी

रौतहटमा रहेको श्रीराम सुगर मिलका तीनजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुको खोजी थालेको छ।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– रौतहटमा रहेको श्रीराम सुगर मिलका तीनजना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुको खोजी थालेको छ।

रौतहट प्रहरीले पक्राउका लागि विभिन्न प्रहरी कार्यालयमा पत्राचार गरेको बताएको छ। उनीहरु काठमाडौंमा बस्दै आएकाले महानगरीय प्रहरी परिसर काठमाडौंमा पनि पत्राचार भएको छ। 

परिसरले उनीहरुको खोजी कार्य भइरहेको बताएको छ। परिसरका प्रवक्ता डीएसपी प्रमेश विष्टले श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए।

‘उनीहरुलाई पक्राउ गरिदिन भनेर हामीकहाँ रौतहट प्रहरीको पत्र आएको छ,’ उनले भने, ‘हामीले खोजी सुुरू गरेका छौं।’ श्रीराम सुगर मिलले उखु किसानको करोडौं बक्यौता नतिरेपछि सञ्चालकविरुद्ध उखु किसानले जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिएका थिए।

उखु मिल सञ्चालकहरुले किसानको करोडौं रकम भुक्तानी नगरेपछि अहिले उखु किसानहरु काठमाडौंमा आन्दोलन गरिरहेका छन्।

किसानहरुले आन्दोलन सुरू गरेपछि केही दिनअघि गृह मन्त्रालयमा बसेको बैठकले बक्यौता रकम नतिर्ने सञ्चालकविरुद्ध कानुनी कारवाही अघि बढाउने निर्णय गरेको थियो।

गृह मन्त्रालयको निर्णयपछि प्रहरीले सञ्चालकविरुद्ध कारवाही प्रक्रिया अघि बढाएको हो। 

उता सर्लाहीको अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध पनि प्रहरीमा उजुरी परेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुको पनि खोजी सुरू गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Dec 17, 2020| 07:17 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।