मंगलबार, चैत १०, २०८२

विराटनगरका विद्यालय आजदेखि सञ्चालनमा

विराटनगरका विद्यालय आज (बिहीबार) देखि सञ्चालनमा आएका छन्। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

विराटनगर– विराटनगरका विद्यालय आज (बिहिबार) देखि सञ्चालनमा आएका छन्। 

National life

करिब नौ महिनाअघि बन्द भएका विद्यालय बिहीबारदेखि सञ्चालन गर्नेबारे महानगरले मंसिर २१ गते निर्णय गरेको थियो। विराटनगरका केही विद्यालय भने यसअघिदेखि नै सञ्चालनमा आइसकेका छन्। 

महानगरले संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधारसमेत हेरी व्यवस्थापनमा सहजताका लागि विद्यालय सञ्चालन गर्न ७ बुँदे विकल्प दिएको छ। 

सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग अलग समयमा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने, विद्यालय हेरी प्राविका कक्षाहरूलाई पहिले र माथिल्लो कक्षा पछि सुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउनेलगायत विकल्प छन्। 

त्यस्तै पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्ने लगायतका कार्यविधि बनाइएकाे नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले बताए। उनका अनुसार विद्यालय स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार सञ्चालन गरिने छ। 

Laxmi sunrise bank
kumari

विराटनगर महानगरपालिकाले विद्यार्थीको उपस्थितिमा कक्षा सञ्चालन हुन नसकेपछि स्थानीय रेडियो तथा टिभीबाट शिक्षण सिकाई तथा पाठ प्रसारण कार्यक्रम सञ्चालन गरेको थियो। 

निजी विद्यालयले पठनपाठन क्रियाकलाप सुरु भएका दिनदेखि शुल्क लिने प्याब्सनका केन्द्रीय अध्यक्ष तथा एभरेष्ट बोर्डिङ स्कुल विराटनगरका प्रिन्सिपल टीकाराम पुरीले बताए। उनले शुल्कको विषय समाधान भइसकेको बताएका छन्।

अभिभावकहरू विद्यालय बन्द भएको अवधिको शुल्क नतिर्ने बताउँदै आएका छन्। विद्यालय बन्दको अवधिको शुल्क विद्यालयले लिन नपाउने अभिभावक संघ प्रदेश १ का संयोजक देवी पन्थीले बताए। 

मोरङका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन्। 

 

प्रकाशित: Dec 17, 2020| 04:26 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्