मंगलबार, भदौ २३, २०८३

२०३० को एसियाली खेलकुद कतारको दोहामा

२०३० को प्रतियोगिताका लागि साउदी अरब र कतारले दाबी गरेका थिए। यस कारण ओसीएले भोटमार्फत प्रतियोगिताको आयोजक राष्ट्रको टुंगो लगाएको हो।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं- सन् २०३० को एसियाली खेलकुदा  कतारको दोहामा हुने भएको छ।

हिजो (बुधबार) एसियन ओलम्पिक काउन्सिल (ओसीए) को साधारणसभाले  सन् २०३० काे एसियाली खेलकुद  कतारमा हुने निर्णय गरेकाे हो।

२०३४ को प्रतियोगिता भने साउदी अरेबियाको रियादमा हुने पनि काउन्सिलले निर्धारण गरेको छ।

२०३० को प्रतियोगिताका लागि साउदी अरब र कतारले दाबी गरेका थिए। यस कारण ओसीएले भोटमार्फत प्रतियोगिताको आयोजक राष्ट्रको टुंगो लगाएको हो।

‘सबैभन्दा धेरै भोट पाउने सहरले २०३० को प्रतियोगिता आयोजना गर्ने सहर दोहा हो,’ ओसीएका अध्यक्ष सेख अहमद अल फहद अल सबाहले भने, ‘त्यस्तै २०३४ को आयोजना भने रियादमा हुनेछ।’

दोहाले रियादले भन्दा धेरै भोट पाएकाले उसले २०३० को प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो।

कतारले २००६ मा एसियन गेम्सको १५ औं संस्करणको आयोजना गरिसकेको छ। तर साउदी अरेबियाका लागि २०३४ को आयोजना पहिलो हुनेछ।

गत अप्रिलमा कतार ओलम्पिक कमिटिका अध्यक्ष सेख जोन थियानीले फेरि प्रतियोगिता आयोजना गर्ने समय आएको बताएका थिए।

कतारले २०२२ को फिफा विश्वकप पनि आयोजना गर्दै छ।
 

प्रकाशित: Dec 17, 2020| 04:34 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।