मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र दाहाललाई कमल थापाले भने- 'अति भो, गाईजात्रा बन्द गर्नुहोस्' 

ओली र दाहाललाई कमल थापाले भने- 'अति भो, गाईजात्रा बन्द गर्नुहोस्' 

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी उडाएको उनकाे टिप्पणी छ।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई गाइजात्रा बन्द गर्न सुझाव दिएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै उनले राजसंस्थासहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी उडाएको टिप्पणी गरेका छन् । ओली र दाहालको फोटो राखेर उनले लेखेका छन– अब अत्ति भयो, गाईजात्रा बन्द गर्नुहोस्’

राप्रपा अध्यक्ष थापाको भनाइ प्रधानमन्त्री ओलीले एकलौटी रुपमा ल्याएको अध्ययादेश र दाहालसँगको सहमति फिर्ता लिन लागिएको विषयतर्फ लक्षित छ । दुई अध्यक्षबीच सहमति हुँदैमा जे पनि हुने र ओलीले जे पनि गर्ने शैली घातक भएको उनको भनाइ छ। 

अध्यक्ष थापाले ओली र दाहाललाई भनेका छन्– हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस् ।’

प्रकाशित: Dec 17, 2020| 03:59 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।