मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा तीन दिने सडक महोत्सव हुने 

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा तीन दिने सडक महोत्सव हुने 

वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

पोखरा– वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले अंग्रेजी नयाँ वर्षमा पाँच दिन गर्दै आएकोे महोत्सव यस वर्ष भने तीन दिन मात्र हुनेछ। 

पोखराको पर्यटनमा ब्रान्ड नै बनिसकेको सडक महोत्सव पुस १५, १६, १७ गते  गर्न लागिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइयो। सडक महोत्सवको यो २२ औं संस्करण हो। 

रेबान पोखरा अध्यक्ष लक्ष्मण बरालले कोरोना महामारीबीच ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश दिन तीन दिनमात्र तामझामबिना स्वास्थ्य सतर्कता अपनाएर महोत्सव गर्न लागिएको जानकारी दिए। 

‘हामीले पर्यटन सम्बद्ध संघसंस्थासँग व्यापक छलफल ग¥र्यौं, सबै संस्था तयार हुनुभयो । प्रशासनबाट पनि अनुमति लिएर स्वास्थ्य सतर्कतासहित तामझामबिना महोत्सवलाई निरन्तरता दिन लागेको हो,’ बरालले भने । 

कार्यक्रम संयोजक वसन्त गौतममले कोरोना महामारीबीच पर्यटन गतिविधिलाई चलायमान बनाउन सडक महोत्सवले भूमिका खेल्ने बताए। 

उनले पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचनासहित अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए। 

उनका अनुसार पोखराको हल्लन चोकदेखि तीन किलोमिटर क्षेत्रमा तीन वटा कक्षमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरिनेछ। 

कार्यक्रम सहसंयोजक एवं स्वास्थ्य संयोजक भीष्मराज पौडेलले प्रवेशद्वारबाट स्वास्थ्य सकर्तकतमा विशेष ध्यान दिएर महोत्सवस्थलमा प्रवेश गराइने बताए। 
 
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराका विभिन्न संघसंस्था आन्तरिक पर्यटन प्रवद्र्धनको अभियानमा जुटेको उल्लेख गर्दै अब पोखराको पर्यटन उकास्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिए। उनले पोखराका धार्मिक तथा पर्यटकीय गतिविधि केही दिनभित्रै खुल्ने पनि जानकारी दिए। 

भने, ‘हामीले यस क्षेत्रमा बन्द रहेका पर्यटकीय र धार्मिकस्थल खुला गर्न संघीय सरकार र प्रदेश सरकारसँग आग्रह गरेका छौं, उहाँहरुले लिखित निर्णय नआए पनि  मौखिक अनुमति दिनुभएको छ। अब विस्तारै आसपासका पर्यटकीय गन्तब्य खुल्नेछन्।’ 

उनले सरोकारवालासँग पनि छलफल भएकाले अब बाराही मन्दिर, स्तूप, डेभिजफल्सलगायतका गन्तव्य खुला हुने बताए। 
भट्टराईले व्यवसायीका लागि ल्याएको पुनर्कर्जा कोषलाई कार्यान्वयन गर्न नसक्दा व्यवसायी थप पीडित भएको जनाउँदै सरकारलाई ध्यानाकर्षण गराएको बताए । 

पत्रकार सम्मेलनमा पश्चिमाञ्चल होटल संघ (हान) ले महोत्सवमा आउने पाहुनालाई लक्षित गरी ५० प्रतिशत छुटको व्यवस्था गरेको हानका उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। 
 

प्रकाशित: Dec 17, 2020| 03:13 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।