मंगलबार, भदौ २३, २०८३

नौ महिनापछि आजबाट नेपाल-भारत उडान सुरु

नेपाल वायु सेवा निगमको एयरबस ए ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने विमानस्थलले जनाएको छ । 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं- नौ महिनादेखि ठप्प रहेको काठमाडौं नयाँ दिल्ली उडान आजबाट सुरु हुने भएको छ । 

नेपाल वायु सेवा निगमको एयरबस ए ३२० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने विमानस्थलले जनाएको छ । 

निगमले उडानका लागि सबै आवश्यक प्रक्रिया पूरा गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार अहिलेका लागि प्रतिदिन एउटा उडान हुने गरी तयारी भएको छ।  

काठमाडौं–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ । 

कोरोना महामारीका कारण अवरुद्ध भएको विमान आवागमन द्विपक्षीय समझदारी अनुसार दुई मुलुकबीचको उडान प्रतिवन्ध फुकुवा गर्दै अन्तर्राष्ट्रिय उडानका लागि गत साता भारतले सहमति जनाएको थियो। 

कोरोना महामारी भन्दा अघिसम्म निगमले दिल्लीका लागि प्रत्येक दिन दुई वटा उडान भर्दै आएको थियो। 

कोभिड–१९को महामारीका कारण चैत ११ गतेबाट  नेपाल–भारत उडान बन्द भएको थियो । 

प्रकाशित: Dec 17, 2020| 02:39 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।