मंगलबार, भदौ २३, २०८३

अस्पताल जानै समस्या भएपछि चन्दा उठाएर एम्बुलेन्स

दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

लमजुङ- दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । 

लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो ।

समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित स्वदेश र विदेशमा रहेका दूधपोखरी घर भएकाले सहयोग गरेको उनले जानकारी दिए । 

एम्बुलेन्स सञ्चालनका लागि दूधपोखरी गाउँपालिका–२ ले संयोजन गर्ने गरी सञ्चालक समिति बनाएर व्यवस्थापन गरिने छ ।
 
दूधपोखरी जिल्लाको सदरमुकाम बेँशीशहरबाट ५० किलोमिटर पूर्वमा पर्दछ । यहाँबाट बिरामी उपचारका लागि चितवन, काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका अस्पताल जानुपर्ने बाध्यता रहेको छ । 

गोरखाको सीमा क्षेत्रमा पर्ने दूधपोखरी गाउँपालिकामा ११ हजार जनसङ्ख्या रहेको छ । एम्बुलेन्स नहुँदा यहाँका जनताले सास्ती खेप्दै आएका थिए । समयमा अस्पताल पुर्याउन समस्या हुँदै आएको थियो । -रासस

प्रकाशित: Dec 17, 2020| 02:10 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।