मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना कसरी मानिसमा सर्‍याे भन्नेबारे अनुसन्धान गर्न डब्लूएचओको टोली वुहान जाँदै

कोरोना कसरी मानिसमा सर्‍याे भन्नेबारे अनुसन्धान गर्न डब्लूएचओको टोली वुहान जाँदै

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण कसरी मानिसमा भयो भन्ने कुरा पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीन जाने भएको छ।
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण कसरी मानिसमा भयो भन्ने कुरा पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीन जाने भएको छ।

सोचिएभन्दा अघि नै कोरोना भाइरस अन्य स्थानमा पो देखिएको थियो कि भन्ने पत्ता लगाउन पनि विश्व स्वास्थ्य संगठनको अनुसन्धान टोली आउँदो महिना चीनको वुहान जाने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनले जनाएको छ।   

समाचारका अनुसार डब्लूएचओको १० सदस्यीय टोली अनुसन्धानमा जाने भएको हो।  टोलीका सदस्य तथा जर्मनीको रबर्ट कोच इन्स्टिच्युटका जीवशास्त्री फेबियन लिनडर्चले यो अनुसन्धानको अवधि चारदेखि पाँच साताको हुने र चिनियाँ वैज्ञानिकको सहकार्यमा अध्ययन गरिने सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। 

सार्स–कोभ–२ भाइरस चमेरो हुँदै मानिसमा सरेको मान्यता धेरै वैज्ञानिकहरुको छ।  गत वर्षको डिसेम्बर अन्त्यमा वुहान सहरको एक समुद्री फुड मार्केटमा यो भाइरसको संक्रमण भेटिएको बताइने गरेको छ। यो भाइरसबाट हालसम्म विश्वमा ७ करोड ४५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्ती, मध्ये १६ लाख ५५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। 

अनुसन्धान टोलीले भण्डारण गरेर राखिएका मेडिकल स्याम्पल र महामारी सुरु हुनुअघि नै भाइरसको प्रसार भएनभएको थाहा पाउन एक्सरे रिपोर्टको अध्ययन गर्नेछ।

भाइरस सबैभन्दा पहिले कहाँ देखियो भनेर पत्ता लगाउन चमेरा र अन्य जनावरको नमुना पनि संकलन गरिने जीवशास्त्री लिनडर्चले जनाएका छन्। 

यो तथ्यांकको ट्र्याक गरेपछि भाइरसको उत्पत्ति वुहान वा अन्यत्र भएको भन्ने जानकारी हुने उनले बताए। लिनडर्चका अनुसार वुहानको समुद्री फुड बजार भाइरसको प्रसारका लागि पहिलो अथवा विभिन्न अन्य स्थानमध्ये एक हो भनेर थाहा पाउन अध्ययन सहयोगी हुनेछ।

कोरोना भाइरसको उत्पत्तिका विषयमा विभिन्न अड्कलबाजी र आरोपप्रत्यारोप भएका छन्। विशेष गरी अमेरिका र चीनबीच कूटनीतिक विवाद नै बढेको छ। 

सुरुमा यो भाइरसबारेको जानकारी चीनले लुकाएको, भाइरसबारे जानकारी दिने चिनियाँ नागरिकलाई पक्राउ गर्ने काम भएको, चिकित्सकलाई सजाय दिइएको र डब्लुएचओ तथा अन्य निकायलाई अनुसन्धान गर्न अनुमति दिन आनाकानी गरेको भन्ने कुरामा विवाद भएको हो। 

डब्लुएचओले भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषयमा अध्ययन गर्न गत जुलाईमा पहिलो अनुसन्धान टोली चीन पठाएको थियो।   

प्रकाशित: Dec 17, 2020| 02:06 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।