काठमाडौं- देशभरको तापक्रम निरन्तर घट्दै गएको छ ।
काठमाडौं उपत्यकामा आज यसवर्षकै सबैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान ६ः३० बजे गरिएको मापनअनुसार आजको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ ।
यो हिजोको तुलानामा ०.५ डिग्रीले कम हो । बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्यियस थियो ।
तापक्रम निरन्तर घट्दो क्रममा छ । आइतबार ४.५ डिग्री, सोमबार ४ डिग्री, मंगलबार ३ डिग्री, बुधबार २.८ डिग्री र आज २.३ डिग्री मापन गरिएको छ ।
काठमाडौं उपत्यकाको मात्रै होइन देशैभरको तापक्रम घटेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । बुधबार जुम्लाको तापक्रम माइनस ७.१ डिग्रीमा झरेको थियो ।
दिपायलको १.८, डडेल्धुराको ३.५, धनगगढीको ५.४, विरेन्द्रनगरको ३.६, नेपालगन्जको ६.५, घोराहीको ६.२, पोखराको ६.८, ओखलढुंगाको ५.२, ताप्लेजुङको ४.८ डिग्री मापन भएको थियो ।
न्यूनतम तापक्रम घट्ने र चिसो बढ्ने क्रम अझै करिब एक महिनासम्म जारी रहने मौसमविद् बासीले जानकारी दिइन् ।
उनका अनुसार अधिकत तापक्रम पनि घट्दै गएको छ । जसका कारण दिनभर जसो जाडो हुने छ । चिसोबाट जोगिन उपाय अपनाउन महाशाखाले सर्वसाधरणसँग अपिल पनि गरेको छ ।