मंगलबार, भदौ २३, २०८३

सभामुखमार्फत चार सय २५ जनालाई कम्बल वितरण

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका चार सय २५ घर परिवारलाई कम्बल वितरण गरेका छन्। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

हेटौंडा– वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका चार सय २५ घर परिवारलाई कम्बल वितरण गरेका छन्। 

सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआई नामक संस्थाको सहयोगमा बुधबार उनले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का तीं परिवारलाई कम्बल वितरण गरेका हुन्। 

वृद्धवृद्धा, असहाय र गरिबलाई चिसोबाट जोगाउन प्रतिपरिवार एउटाको दरले चार सय २५ परिवारलाई कम्बल वितरण गरिएको छ। त्यस अवसरमा सभामुख श्रेष्ठले नागरिकलाई चिसोबाट जोगाउने दायित्व सबैको भएको बताए। 

चिसो मौसम शुरु भएको र उक्त क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यका साथ कम्बल वितरण गरेको हो। 

आर्थिक अवस्था कमजोर भई न्यानो ओढ्ने, ओछ्याउने नभई समस्या उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर कम्बल वितरण गरिएको बाल विकास कार्यक्रम नेपालका संयोजक रामलाल स्याङ्बोले बताए।  

प्रकाशित: Dec 17, 2020| 01:26 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।