मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानलाई भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ पूर्जी जारी 

उखु किसानलाई भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ पूर्जी जारी 

किसानलाई विभिन्न ८ चिनी मिलले करिब १ अर्ब २९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। 
 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं-  किसानबाट उखु खरिद गरेर त्यसको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई सरकारले पक्राउ पूर्जी जारी गरेको छ।

गृहमन्त्रालयले आवश्यक कार्वाहीका लागि निर्देशन दिएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सञ्चालकलाई पक्राउ गर्न पूर्जी जारी गरेका हुन्।

वर्षौंदेखिको वक्यौता नपाएका किसानहरु काठमाडौंमा आएर धर्ना दिन थालेपछि गृहमन्त्रालयले मंगलबार कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो। 

मन्त्रालयको निर्देशनपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले त्यस्ता पाँचजना मिल सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी गरेको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ।

किसानलाई विभिन्न ८ चिनी मिलले करिब १ अर्ब २९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। 

जिल्ला प्रशासन कार्यालयहरुले इन्दिरा सुगर मिल् िर अन्नपूर्ण सुगर मिलका राकेश अग्रवाल, लुम्बिनी सुगर मिलका सुशीला गोयल, श्रीराम सुगर मिलका हितेश गोल्छा, विशाल अग्रवाल र अनुज अग्रवाल लगायत विरुद्ध पक्राउ पूर्जी जारी गरेको बुझिएको छ।

प्रकाशित: Dec 17, 2020| 00:29 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।