सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इन्डोनेसियामा कोरोनाविरूद्धको खोप लगाउन सुरु, पहिलाे खाेप राष्ट्रपतिलाई

इन्डोनेसियामा कोरोनाविरूद्धको खोप लगाउन सुरु, पहिलाे खाेप राष्ट्रपतिलाई

पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको सुरुआत गरिएको हो।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

इन्डाेनेसिया- इन्डोनेसियामा बुधबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। 

पहिलो खोप राष्ट्रपति जोको विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको सुरुआत गरिएको हो।

आफूले खोप लगाएपछि राष्ट्रपति विडोडोले खोपको आवश्यकता पर्ने आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे। 

विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक इन्डोनेसियाको यस कदमलाई प्रशंसनीय मानिएको छ। 

इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन्। 

खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियोमा उनले भनेका छन्, “कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क लगाइने छ।”

त्यहाँकाे सरकारले सुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाएको छ। 

इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको पनि अधिकारीहरूले जनाएका छन्।  रासस

प्रकाशित: Dec 16, 2020| 15:42 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।