बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • क्रिसमस मनाउँदा मास्क अनिवार्य लगाउन डब्ल्यूएचओको आह्वान

क्रिसमस मनाउँदा मास्क अनिवार्य लगाउन डब्ल्यूएचओको आह्वान

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्यरूपमा मास्क लगाउन सबैलाई आह्वान गरेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काेपेनहेगन- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले क्रिसमस मनाउने क्रममा हुने भिडभाडका बेला अनिवार्यरूपमा मास्क लगाउन सबैलाई आह्वान गरेको छ। 

National life

क्रिसमस मनाउनेको संख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर युरोप क्षेत्रमा रहेकाहरूलाई मास्क लगाउन आह्वान गरेको हो।

संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनःउत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ।

विगतमा खुल्लारूपमा क्रिसमस मनाउन पाइएको भए पनि यस वर्षको क्रिसमस भने मास्क पहिरेर मनाउन संगठनले विशेष जोड गरेको छ। क्रिसमस मनाउने क्रममा हेलचेक्य्राइँ गरियो भने युरोपभर नै कोरोनाभाइरसको महामारी फेरि अझ बढ्ने खतरा भएको तर्फ चिन्ता व्यक्त गरिएको छ। 

संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्यसम्बन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ।  

Laxmi sunrise bank
kumari

हरेक व्यक्ति-व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ। 

बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने भएकाले संवेदनशील हुन पनि विश्व स्वास्थ्य संगठनले सबैलाई अनुरोध गरेको छ।

सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै घरमा मनाउन र बाहिर जानै परेमा मास्ककाे पूर्ण प्रयोग गर्न संगठनले अनुरोध गरेको छ। रासस

प्रकाशित: Dec 16, 2020| 14:39 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।