पर्सा। भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित पाँचजनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।
वीरगंज महानगर-५, मेनरोडस्थित करोडौं मूल्यको जग्गा कीर्ते नामसारी गरेको अभियोग लागेका मालपोतका निमित्त प्रमुख झा, नायव सुब्बा श्रीनारायणप्रसाद साह, कीर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानूलाई थुनामा राख्न आदेश गरिएकाे हाे।
आज पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठले कीर्ते जग्गा नामसारी प्रकरणमा मुछिएकाहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।
यही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू एक लाख रूपैयाँ धरौटीमा छुटेका छन्।