मंगलबार, भदौ २३, २०८३

सुदूरपश्चिममा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशका थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशका चारवटा प्रयोगशालामा नमुनाकाे काेभिड-१९ परीक्षण गरिएकाे थियाे। 

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ हजार ६०४ पुगेको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३९५ नमुना परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको छ। 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप-महानगरपालिकाका थप २० जनामा संक्रमण पुष्टि भएकाे बताए।

यस्तै कैलालीकै गोदावरी नगरपालिकाका चारजना, टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाका तीन/तीन जना, गौरीगंगा नगरपालिका र लम्किचुहा नगरपालिकाका एक/एक जनामा समेत संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका सातजना, वेदकोट नगरपालिकाका चारजना, पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका दुई/दुईजनामा संक्रमण देखिएको छ।

यसैगरी बैतडीका तीनजना र डोटीका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार मंगलसेन नगरपालिकाका १९ जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका दुईजना,  कमलबजार नगरपालिका, बान्नीगढी जयगढ, आठबीस, चौरपाठी गाउँपालिका र कैलालीको घोडाघोडीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै बझाङ जिल्ला अस्पतालको प्रयोशालामा तीनजना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: Dec 16, 2020| 13:23 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।