धनगढी– नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका सेती महाकाली जनसरकार प्रमुख असल भन्ने गणेश ढकाल कैलालीबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले लम्कीचुहास्थित आफ्नै घरमा लुकी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उनलाई पक्राउ गरिएको पुष्टि गरे।