मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली–दाहाल चारबुँदे सहमति, स्थायी कमिटीमा दुई बुँदामा मात्र निर्णय

ओली–दाहाल चारबुँदे सहमति, स्थायी कमिटीमा दुई बुँदामा मात्र निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव पौडेलबीच चार बुँदे सहमति भए पनि नेकपा स्थायी कमिटीले दुई विषयमा मात्र निर्णय गरेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव पौडेलबीच चार बुँदे सहमति भए पनि नेकपा स्थायी कमिटीले दुई विषयमा मात्र निर्णय गरेको छ। 

स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र दाहाल–नेपाल समूहले संसदको विशेष अधिवेशन बोलाउने गरेको हस्ताक्षर अभियान स्थगित गर्ने निर्णय गरेको हो।

बुधबार स्थायी कमिटी बैठकअघि तीन नेताबीच चार बुँदे सहमति भएको जानकारी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई गराएका थिए। तर स्थायी कमिटी बैठकमा भने दुई विषयले मात्र प्रवेश पाएको छ।

तीन नेताबीच सरकारले संवैधानिक परिषद्को कार्यविधि संशोधन सम्बन्धी अध्यादेश फिर्ता लिने‚ दाहालको राजनीतिक प्रतिवेदन (आरोपपत्र) माथि स्थायी कमिटी बैठकमा छलफल नचल्ने‚ दाहाल र नेता माधवकुमार नेपाल समूहले संसद्को विशेष अधिवेशन बोलाउने गरेको हस्ताक्षर अभियान स्थगित गर्ने र आगामी स्थायी कमिटी बैठकमा ओली–दाहाल संयुक्त प्रस्ताव पेस हुने सहमति भएको थियो।

यो सहमतिपछि प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकमा सहभागी हुन राजी भएका थिए। दाहालले पेस गरेको आरोपपत्र फिर्ता लिनुपर्ने अडान ओलीको थियो।

स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवास नेम्बाङले नेताहरूबीच भएको सबै सहमतिबारे स्थायी कमिटीमा छलफल नभएको बताए। 

उनले भने, ‘नेताहरूबीच सहमति भएर संकट समाधानका लागि बाटो खुलेको छ। यो नै महत्त्वपूर्ण विषय हो।’ उनले सहमतिका बाँकी बुँदामा आगामी बैठकमा क्रमशः छलफल हुँदै जाने बताए।

अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि तीन नेताबीच भएको सहमतिका सबै बुँदामा बैठकमा छलफल नभएको बताए। उनले पनि नेताहरूबीच सहमति भएकाले अब सोहीअनुसार पार्टी अघि बढ्ने विश्वास व्यक्त गरे।

अध्यक्ष दाहालको सचिवालयले पनि स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता र संसद् बैठक डाक्ने प्रक्रिया स्थगित गर्ने विषयमा मात्र निर्णय भएको जनाएको छ।

प्रकाशित: Dec 16, 2020| 12:40 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।