काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको पदाधिकारी बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको हो।
बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा संवैधानिक परिषद् सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।