मंगलबार, भदौ २३, २०८३

नेकपा स्थायी कमिटी बैठक ५ पुससम्मलाई स्थगित

५ पुसका लागि तय भएको केन्द्रीय कमिटी बैठक १० पुसलाई सारिएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक ५ पुससम्मलाई स्थगित भएको छ। 

त्यसैगरी ५ पुसका लागि तय भएको केन्द्रीय कमिटी बैठक १० पुसलाई सारिएको छ।

आजको स्थायी कमिटी बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले यो जानकारी दिएका हुन्। 

यसैगरी बैठकले हिजो मंगलबार राष्ट्रपतिबाट जारी संवैधानिकसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय पनि गरेको छ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले हिजो बसेको संवैधानिक परिषद्को बैठकबाट कुनै निर्णय नभएको जानकारी दिएका थिए।  

त्यसैगरी नेकपाका केही सांसदले संसदको अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष निवेदनको प्रक्रिया अगाडि बढाएकोमा त्यसलाई रोक्ने सर्वसम्मत् निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

बैठकअघि अध्यक्षद्वय ओली र दाहाल तथा महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो। 

प्रकाशित: Dec 16, 2020| 12:03 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।