मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको लक्षण देखिए तत्काल अस्पताल जानू– स्वास्थ्य मन्त्रालय

कोरोनाको लक्षण देखिए तत्काल अस्पताल जानू– स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोरोना भाइरसको लक्षण देखापरेका व्यक्तिलाई तत्काल अस्पताल जान आग्रह गरेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले कोरोना भाइरसको लक्षण देखापरेका व्यक्तिलाई तत्काल अस्पताल जान आग्रह गरेको छ। 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको लक्षण देखिएपछि अस्पताल गएर संक्रमण फैलनबाट रोक्न आग्रह गरेका हुन्। 

लक्षण देखिएका व्यक्ति पनि परीक्षण गर्न नजाने तथा उपचारमा जान छोडेकाले मन्त्रालयले अस्पताल जान आग्रह गरको हो। 

कोभिड–१९ को जोखिम कम नभएको भन्दै प्रवक्ता गौतमले जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गरेका छन्। 

त्यस्तै संक्रमण देखिएर १४ दिन आइसोलेसनमा बसिसकेपछि लक्षण नभए पुनः परीक्षण आवश्यक नपर्ने पनि मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: Dec 16, 2020| 11:14 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।