मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पदाधिकारी बैठक : अध्यादेशअनुसार हुने निर्णय अमान्य, संसद् बैठक तत्काल बोलाउन माग

कांग्रेस पदाधिकारी बैठक : अध्यादेशअनुसार हुने निर्णय अमान्य, संसद् बैठक तत्काल बोलाउन माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हिजो मंगलबार जारी गरेको संवैधानिक परिषद् अध्यादेशमा टेकेर सरकारले कुनै निर्णय गरेको भए त्यो पार्टीलाई मान्य नहुने बताएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हिजो मंगलबार जारी गरेको संवैधानिक परिषद् अध्यादेशमा टेकेर सरकारले कुनै निर्णय गरेको भए त्यो पार्टीलाई मान्य नहुने बताएको छ।

आज बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। अध्यादेशअनुसार अब पनि कुनै निर्णय भए पनि कांग्रेसले नमान्ने भएको छ।

यद्यपि, उक्त अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी ओली तयार भइसकेका छन्। पार्टीभित्रै चर्को विरोध भएपछि ओली पछि हटेका हुन्। 

कांग्रेसले संसद् अधिवेशन तत्काल बोलाउन पनि सरकारसँग माग गरेको छ। संवैधानिक व्यवस्थाअनुसार संसद्को दुुई अधिवेशनबीचको ग्याप ६ महिनाभन्दा बढी हुनु हुँदैन।

त्यसअनुसार यही पुस १८ गतेभित्र संसद् बैठक बसिसक्नु पर्ने हुन्छ। कांंग्रेसले भने त्यसअघि नै अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ। 
 

प्रकाशित: Dec 16, 2020| 11:02 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।