मंगलबार, भदौ २३, २०८३

नेकपा विवाद : भदौ २६ मा फर्कने सहमति 

सत्तारुढ नेकपा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयलाई आधार मान्दै अगाडि बढ्ने भएको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं–सत्तारुढ नेकपा भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयलाई आधार मान्दै अगाडि बढ्ने भएको छ।

बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा यस्तो सहमति भएको हो।

तीन नेताबीच भदौ २६ पछि पार्टीमा पेस भएका राजनीतिक प्रतिवेदन (आरोपपत्र) र प्रधानमन्त्री ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको बालुवाटार उच्च स्रोतले बतायो।

भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले ओलीले पूरै कार्यकाल सरकार चलाउने, अर्का अध्यक्ष दाहालले पार्टीमा कार्यकारी भएर काम गर्ने, पार्टी एकता र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, चैतमा एकता महाधिवेशन गर्ने लगायत निर्णय गरेको थियो। 

यस्तै प्रधानमन्त्री ओलीले गर्ने हरेक निर्णय सचिवालय बैठकपछि गर्नुपर्ने र संवैधानिक नियुक्तिलगातका विषयमा दुई अध्यक्षबीच छलफल भएर अघि बढ्ने निर्णय भएको थियो।

यस्तै पार्टीमा उत्पन्न विवाद कमिटीबाटै समाधान गर्ने पनि निर्णय थियो।

बैठकपछि दुई अध्यक्षले अन्तरपार्टी निर्देशन-५ जारी गरेका थिए। 

प्रधानमन्त्री ओलीले यी निर्णयलाई पन्छाउँदै एकलौटी अघि बढेपछि नेकपा विवाद चुलिएको थियो।
 

प्रकाशित: Dec 16, 2020| 11:00 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।