मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत

ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्।

प्रधानमन्त्री  ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा उनी अध्यादेश फिर्ता लिन सहमत भएका हुन्। 

यस्तै अध्यक्ष दाहाल संसद्को विशेष अधिवेशन डाक्ने प्रक्रियाबाट बाहिरिएका छन्। तीन नेताबीच यस्तो सहमति भएपछि नेकपा अध्यक्ष ओली स्थायी कमिटी बैठकमा प्रवेश गरेको उच्च स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद थप चुलिएको छ। संसद् छलेर अध्यादेश ल्याइएको भन्दै केही नेताहरू संसद् बैठक डाक्न माग गर्दै सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। 

तीन नेताबीच एउटाले अध्यादेश फिर्ता लिने र अर्को पक्षले संसद्को अधिवेशन डाक्ने प्रक्रिया स्थगित गर्ने सहमति भएपछि अध्यक्ष ओली बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा सहभागी भएका हुन्।

प्रकाशित: Dec 16, 2020| 10:37 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।