मंगलबार, भदौ २३, २०८३

अध्यादेश फिर्ता लिई संसद् अधिवेशन डाक्न जसपाको माग

जनता समाजवादी पार्टी (जसपा) ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिई संसद्को अधिवेशन डाक्न माग गरेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिई संसद्को अधिवेशन डाक्न माग गरेको छ। 

पार्टीले बुधबार विज्ञप्ति प्रकाशित गरी संसदलाई उपेक्षा गर विधिको शासन विपरीत षड्यन्त्रपूर्वक ढंगले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ। 

विज्ञप्तिमा उल्लेख छ, ‘अध्यादेशले सर्वसत्तावादी तथा स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरेको छ।’

यस्तै पार्टीे सरकारको यो कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई चुनौती दिएको ठहर गरेको छ। 

पार्टीले भनेको छ, ‘संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भुमरीतर्फ धकेल्ने कार्य गरेको छ।’ 
 

प्रकाशित: Dec 16, 2020| 10:28 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।