विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
होम आइसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २३ पुगेको छ।
प्रदेश १ मा बुधबार ५३ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २१, सुनसरीमा १७, झापामा १०, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १४० पुगेको छ।
प्रदेश १ मा बुधबार ४४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म २ लाख २ हजार ३९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।