मंगलबार, भदौ २३, २०८३

ओली, दाहाल र पौडेलबीच छुट्टै छलफल

बैठकमा ओली सहभागी नै नहुने अवस्था देखिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको स्रोतले जानकारी दियो
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छुट्टै छलफल सुरु भएको छ। 

अध्यक्ष ओली स्थायी कमिटी बैठकमा सहभागी नभएपछि अध्यक्ष दाहाल र महासचिव पौडेलले छुट्ट छलफल गरेका हुन्। 

बैठकमा ओली सहभागी नै नहुने अवस्था देखिएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेको स्रोतले जानकारी दियो

प्रधानमन्त्री ओली यसअघि अध्यक्ष दाहालद्वारा ल्याइएको राजनीतिक प्रस्ताव (आरोपपत्र) फिर्ता नलिएसम्म बैठकमा सहभागी नहुने अडानमा छन्। दाहाल भने नेकपामा उत्पन्न विवाद बैठकबाटै समाधान गर्नुपर्ने पक्षमा छन्। 

स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियाे। उक्त  छलफलमा पनि महासचिव पाैडेल सहभागी थिए।

प्रकाशित: Dec 16, 2020| 09:18 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।