काठमाडौं– सत्तारुढ नेकपाका नेताहरू संसद् अधिवेशन डाक्न माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
भीम रावल, पम्फा भुसाल लगायतका नेताहरू सांसदहरुको हस्ताक्षररसहित निवेदन दर्ता गराउन शीतल निवास पुगेका हुन्।
राष्ट्रपति कार्यालयका सचिव कार्यालयमा नरहेकाले निवेदन दर्ता गर्न नपाएको सांसदहरुले बताएका छन्।