मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यादेशविरुद्ध रिट लिएर सर्वोेच्च पुगे अधिवक्ता अर्याल

अध्यादेशविरुद्ध रिट लिएर सर्वोेच्च पुगे अधिवक्ता अर्याल

सरकारले मंंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

सरकारले मंंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता ओमप्रकाश अर्यालले उक्त अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको र अदालत प्रशासनले अध्ययन गरेपछि उक्त रिट दर्ता गर्ने क्रममा रहेको जानकारी दिए। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको अध्यादेशले संवैधानिक परिषद्को बैठक बस्नका लागि प्रधानमन्त्री र अन्य चार जना सदस्य आवश्यक पर्ने व्यवस्थालाई हटाएर प्रधानमन्त्री र अन्य दुई जना सदस्य भए पुग्ने नयाँ व्यवसस्था गरेको छ। 

संविधानले संवैधानिक परिषद्‌मा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता सुनिश्चति गरेकोमा अहिलेको अध्यादेशले उक्त सन्तुलन बिगारेको छ।

अधिवक्ता अर्यालले आफ्नो रिट निवेदनमा अध्यादेश जारी गरी 'संविधान माथिको जालसाजी द्रुत गतिमा भैरहेको देखिएको र यस कार्यलाई तत्काल रोकथाम नगरिएमा संवैधानिक मूल्यमान्यतामा व्यापक मात्रामा क्षति पुग्ने, राज्य सञ्चालकका बदनियतयुक्त कार्यका कारणले संवैधानिक प्रणालीका सम्बन्धमा वैधताको संकट गहिरिन सक्ने र अन्ततः संवैधानिक दुर्घटना सम्म पनि हुन सक्ने संवेदनशील अवस्था विकसित भैरहेको' उल्लेख गरेका छन्।

उनले यस्तो कार्यलाई अमान्य, बदर वा रोकथाम गरी संवैधानिक प्रणालीको रक्षा गर्न सर्वोच्च अदालतसमक्ष माग राखेका छन्। 

अध्यादेशले 'संविधानको आधारभूत संरचना, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता जस्ता व्यवस्थालाई निस्तेज पारेको' अधिवक्ता अर्यालले उल्लेख गरेका छन्। 
 

प्रकाशित: Dec 16, 2020| 06:31 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।