मंगलबार, साउन १९, २०८३

प्रयोगात्मक अभ्यास नसकेकाले परीक्षामा उत्तीर्ण भए पनि मान्यता नपाउने 

नेपाल नर्सिङ परिषद्ले प्रयोगात्मक अभ्यासको समय पुरा नगरी अन्तिम परीक्षामा उतिर्ण भएपनि त्यसलाई मान्यता नदिने जनाएको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले प्रयोगात्मक अभ्यासको समय पुरा नगरी अन्तिम परीक्षामा उतिर्ण भएपनि त्यसलाई मान्यता नदिने जनाएको छ। 

परिषद्ले सूचना जारी गर्दै  पूर्वाञ्चल विश्वविद्यालयले मंसिर ८ गते बिएस्सी नर्सिङ र पोष्ट वेसिक ब्याचलर इन नर्सिङ (पीबीबीएन) को अन्तिम परीक्षाको कार्यतालिका प्रकाशन गरेपछि परिषद्ले ध्यानाकर्षण गराउँदै यस्तो जानकारी गराएको हो। 

प्रयोगात्मक अभ्यासको समय पूरा नगरि अन्तिम परीक्षामा उतिर्ण भएपनि त्यस्ता विद्यार्थीलाई परिषद्ले मान्यता नदिने र लाइसेन्सको परीक्षामा समेत सामेल गराउन नसकिने जनाएको छ। 

सो विषयमा परिषद्ले सबै विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लाई जानकारी गराउने निर्णय गरेको हो। 

प्रकाशित: Dec 16, 2020| 06:01 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्