मंगलबार, भदौ २३, २०८३

२ किलो ७०० ग्राम अफिमसहित कर्णालीबाट एक पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

सुर्खेत- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले उनलाई मङ्गलबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । 

“विशेष सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो”, सहप्रवक्ता श्रेष्ठले भने, “खानतलासी गर्दा दुई किलो ७०० ग्राम लागुऔषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिइएको छ ।”

नियन्त्रणमा लिइएका कुसारीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित: Dec 16, 2020| 04:22 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।