मंगलबार, भदौ २३, २०८३

देशैभरको तापक्रम घट्यो, काठमाडौंको २.८ डिग्री

बिहान ८ः४५ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं- मौसम सफा भएसँगै शीत पर्ने क्रम बढ्दै जाँदा देशभर थप चिसो बढेको छ । 

आज देशका अधिकांश भूभागको न्यूनतम तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठममाडाैं उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । 

बिहान ८ः४५ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । 

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान ६ः३० बजे गरिएको मापनमा ३.२ डिग्री सेल्सियस तापक्रम थियो । तर, ८ः४५ गरिएको मापनमा भने तापक्रम घटेर २.८ डिग्रीमा झरेको छ । हिजो उपत्यकाको तापक्रम ३ डिग्री मापन भएको थियो ।

यस्तै आज जुम्लाको तापक्रम माइनस ७.१ डिग्रीमा झरेको छ । दिपायलको १.८, डडेल्धुराको ३.५, धनगगढीको ५.४, विरेन्द्रनगरको ३.६, नेपालगन्जको ६.५, घोराहीको ६.२, पोखराको ६.८, ओखलढुंगाको ५.२, ताप्लेजुङको ४.८ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अझै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहने मौसमविद् श्रेष्ठले जानकारी दिए । उनका अनुसार डिसेम्बरको अन्त्यसम्म निरन्तर चिसो बढ्ने छ ।

अहिले तराईका अधिकांश भू-भागमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरो लागेको छ । हुस्सुका कारण तराई क्षेत्रको अधिकतम तापक्रम घट्दै गएको र जाडो बढ्दै गएको मौसमविद् श्रेष्ठले बताए । 

प्रकाशित: Dec 16, 2020| 03:49 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।