मंगलबार, भदौ २३, २०८३

विभिन्न दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

हेटौँडा– नारायणगढ सडकखण्डको लोथर नजिकै मंगलबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका १९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

गए राति १०ः३० बजे सडकमै रोकिराखेको ना८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०–३०–१ प ५१३१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन्।

त्यस्तै गए राति नै मकवानपुरको भीमफेदीमा टिपर दुर्घटना हुँदा तीन घाइते भएका छन्। घाइते हुनेमा हेटौँडा उपमहानगरपालिका १५ का २३ वर्षीय मिलन मोक्तान, भीमफेदी गाउँपालिका ५ का २१ वर्षीय रमेश भोलन र सोही ठाउँ बस्ने २३ वर्षीय अनुभव मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। घाइते तीनै जना मजदुर हुन्।  

गए राति भीमफेदी गाउँपलिका ६ स्थित रिद्धिसिद्धिको खानीबाट चुनढुंगा लोड गरी हेटौँडातर्फ आउँदै गरेको बा३ख ६९२७ नंको टिपर सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रवक्ता रानाले जानकारी दिए। 

उनका अनुसार सो दुर्घटनामा परी घाइते भएकामध्ये हेटौँडाका मोक्तान गम्भीर घाइते भएका छन्। उनीहरु सबै जनाको भीमफेदी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात हेटौँडा ११ थानाभर्याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। मकवानपुर प्रहरीले दुवै घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

यसैगरी अछामको पञ्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार उक्त टुर्घटनामा परी मृत्यु हुनेमा कैलाली जिल्ला बस्ने ३५ वर्षीय टिपर चालक प्रकाश चौधरी रहेका छन्।

यसैगरी घाइते हुनेहरुमा बैतडी पाटन नगरपालिका बस्ने २७ वर्षीय योगेश कठायत तथा परशुराम नगरपालिका आलीताल बस्ने ३० वर्षीय डम्मर साउद रहेका छन्। 

घाइतेलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रहरीले जनाएको छ। गैरीटाँडबाट विनायकतर्फ गरिरहेको से१क ७५४ नंको टिपर गए राति दुर्घटनामा परेको हो। टिपर सडकबाट कम्तीमा पनि पाँच मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रकाशित: Dec 16, 2020| 03:34 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।