मंगलबार, भदौ २३, २०८३

कोरोना सङ्क्रमित दुई जनाको विराटनगरमा मृत्यु

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित दुई जनाको मङ्गलबार राति मृत्यु भएको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

विराटनगर– कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित दुई जनाको मङ्गलबार राति मृत्यु भएको छ। 
 
मृतकमध्ये एक जना मोरङको पथरीशनिश्चरे र एक जना सुन्दरहरैँचाका छन्। कोरोना सङ्क्रमित २२ वर्षीय युवक र ७३ वर्षीया वृद्धा महिलाको ज्यान गएको उपचार केन्द्रले जनाएको छ। 
 
सुन्दरहरैँचा नगरपालिका ३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए। 

उनका अनुसार पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते रिपोर्ट पोजिटिभ आएपछि युवालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। 

अस्पताल भर्ना गरेर उपचार थालिएकोमा भोलिपल्ट उनको मृत्यु भएको हो। 
 
पथरीशनिश्चरे नगरपालिका १ की ७३ वर्षीया वृद्धाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको हो। डा. सिग्देलका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो। 

मृतकलाई सास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्नेलगायतका समस्या रहेको अस्पतालले जनाएको छ। 


 

प्रकाशित: Dec 16, 2020| 03:21 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।