मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले ल्याएको अध्यादेश र देशभर सम्पन्न विरोधसभाको समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक आज

सरकारले ल्याएको अध्यादेश र देशभर सम्पन्न विरोधसभाको समीक्षा गर्न कांग्रेस पदाधिकारी बैठक आज

प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ।  
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ।  

सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो। 

बैठकमा सरकारले ल्याएको अध्यादेश र देशभर कांग्रेसले गरेको विरोधसभाको समीक्षा तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ।  

बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुने पार्टी सचिवालयले जनाएको छ। 

कोरम नपुगेर पटक–पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले मंगलबार राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेलगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्।  जारी अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए हुने व्यवस्था गरिएको छ। 

प्रकाशित: Dec 16, 2020| 02:22 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।