विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया चोकनजिक मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा परेर १५ जना घाइते भएका छन्।
पूर्वतर्फ जाँदै गरेको को २ त ३८४४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर साँझ ६ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्याक्टरमा सवार १५ जना घाइते भएका छन्। घाइते सबैको रंगेली अस्पताल र टाइम्स अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्याक्टर र चालक सुनवर्षी–३ का ३५ वर्षीय भूपाल बुढाथोकीलाई नियन्त्रणमा लिएको छ। चालकको लापरबाहीका लागि दुर्घटना भएको प्रहरीको भनाइ छ।