मंगलबार, भदौ २३, २०८३

वीरगन्जबाट ६५ किलो बराबरका चाँदीका गहना बरामद

पर्सा प्रहरीले भारतबाट राजस्व छली गरेर ल्याई वीरगन्जमा राखेको ठूलो परिमाणमा चाँदीका गहना बरामद गरेको छ।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

पर्सा–पर्सा जिल्ला प्रहरीले भारतबाट राजस्व छली गरेर लुकाई छिपाई ल्याई वीरगन्जमा राखेको ठूलो परिमाणमा चाँदीका गहनाहरू बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका ६ स्थित सुनिता कुमारी सर्राफले घरमा लुकाई छिपाई राखेको अन्दाजी ६५ केजी चाँदीका गहनाहरूबरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सर्राफको घरमा नजिकै नाममा दर्ता रहेको में जय नरसिंह ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरि राखिएको अवस्थामा प्रहरीले छापामारी उक्त गहना बरामद गरेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। 

उनका अनुसार भारतबाट राजस्व छली गरेर विभिन्न प्रकारका चाँदीका गरगहना लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा मंगलबार घरकोठा खानतलासी गर्दा घर पछाडिको कोठाबाट तथा सो कोठाको फल्स वाल भित्र लुकाई छिपाई राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गरगहना फेला परेको हो।

‘बरामद गरिएको गरगहनाको बनोट हेर्दा भारतबाटै ल्याएको जस्तो देखिन्छ तर उनीहरुले आवश्यक कागजातहरु देखाउन नसकेपछि बरामद गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ,’ प्रहरी उपरीक्षक पन्तले भनिन्। 

बरामद गरिएको चाँदीको गरगहना अन्दाजी ५५ लाख मूल्य बराबर रहेको छ भने तीं गरगहनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। चाँदी नेपालबाट भारततर्फ तस्कारी हुने गरेको भएपनि तयारी गरगहना भारतबाट नेपाल भित्रिने गरेको छ।

प्रकाशित: Dec 16, 2020| 00:50 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।