मंगलबार, भदौ २३, २०८३

संवैधानिक परिषद् बैठकमा किन गएनन् सभामुख ?

नेकपा विवादको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि देखा परेको हो कि भन्ने विश्लेषण गरिएको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं- नेकपा विवाद उत्कर्षमा पुगेका बेला संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि अनेक टीकाटिप्पणी भए। 

नेकपा विवादको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि देखा परेको हो कि भन्ने विश्लेषण गरिएको छ। 

विभिन्न अड्कलबाजी भइरहेकै बेला सभामुखले भने आफू बैठकमा उपस्थित हुन नसक्नुको कारण खुलाएका छन्। 

सभामुखका प्रेस विज्ञ श्रीधर न्यैपानेले प्रेस नोट जारी गर्दै मंसिर २८ र आज राखिएको संवैधानिक परिषद्को बैठकमा सभामुख उपस्थित हुन नसक्नुको कारण खुलाएका हुन्। 

मंसिर २८ गते संघीय संसद सेवा दिवसको पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत साढे ८ बजे संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले अध्यक्षता गरेकाले उपस्थित हुन नसकेको प्रेस नोटमा उल्लेख छ। सो दिन बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाइएको थियो। 

मंसिर २८ मा उपस्थित नभएका सभामुख आजको बैठकमा किन उपस्थित हुन सकेनन् त ?

प्रेस विज्ञ न्यौपानेका अनुसार बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभाव भएकाले सभामुख उपस्थित हुन सकेनन्।

यो विषयमा प्रधानमन्त्रीलाई पनि सभामुखले जानकारी गराएको उनको भनाइ छ। 

प्रकाशित: Dec 15, 2020| 15:23 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।