मंगलबार, भदौ २३, २०८३

दुई घण्टा बसेको संवैधानिक परिषद् बैठक निर्णयविहीन

झण्डै दुई घण्टा छलफल भए पनि उक्त बैठकले कुनै निर्णय भने गरेन। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ। 

झण्डै दुई घण्टा छलफल भए पनि उक्त बैठकले कुनै निर्णय भने गरेन। 

बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुने बताइएको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए। 

अध्यक्षसहित तीनजना मात्रै उपस्थित भए पनि गणपूरक संख्या पुग्ने गरेर आजै सरकारले अध्यादेश ल्याएको थियो। 

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित थिएनन्।

प्रकाशित: Dec 15, 2020| 14:19 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।