काठमाडौं- प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।
संवैधानिक परिषद्को बैठक सकेर प्रम ओली शीतलनिवास पुगेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा बसेको बैठकले कुनै निर्णय भने नगरेको बताइएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दलका सभापति र सभामुख भने उपस्थित थिएनन्।