मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई दिनदेखि सबैला नगरपालिका कार्यालयमा तालाबन्दी, कामकाज प्रभावित

दुई दिनदेखि सबैला नगरपालिका कार्यालयमा तालाबन्दी, कामकाज प्रभावित

सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको बाँकी रहेको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

जनकपुरधाम। धनुषाको सबैला नगरपालिका कार्यालयमा कर्मचारी तथा जनप्रतिनिधिहरूले तालाबन्दी गरेपछि दुई दिनदेखि कामकाज प्रभावित भएकाे छ। 

सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको बाँकी रहेको तलब यथाशीघ्र उपलब्ध गराउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो। 

केही वडाको समाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको र करारमा कार्यरत कर्मचारीहरूको लगभग एक वर्षदेखिको तलब बाँकी रहेको कर्मचारीहरूको भनाइ छ। 

कार्यपालिका सदस्य राजु गुप्ताले नगरप्रमुखको लापरबाहीका कारण ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलाको समाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बाँकी रहेको बताए। 

ती मागहरू सम्बोधन नहुँदासम्म तालाबन्दी जारी रहने उनको भनाइ छ। 

उनले नगर प्रमुखले सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको तलब बाँकी राखेर रकमको दुरुपयोग गर्दै आएको आरोपसमेत लगाएका छन्।

नगर प्रमुख  विजयशंकर साहले सामाजिक सुरक्षा भत्ता र करारमा कार्यरत कर्मचारीहरूको तलब बाँकी रहेको स्वीकार गर्दै चाँडै समस्याको समाधान गरिने बताएका छन्। 

उनले बजेट शीर्षकमा गल्ती भएका कारण कर्मचारीहरूको तलब उपलब्ध गराउन नसकिएको बताए। 

साथै वडा सचिवहरूले विगतको भरपाई समयमै नबुझाएका कारण सामाजिक सुरक्षा भत्ताको रकम निकासा हुन नसकेको उनको भनाइ छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुरले जनप्रतिनिधिहरूको आपसी विवादका कारण नगरपालिकामा तालाबन्दी गरिएको बताए। 

उनले भने, ‘जनप्रतिनिधिहरूले आ-आफ्नो कोटाबाट करारमा कर्मचारी भर्ना गराएका छन्, उनीहरूको म्याद थपलगायतका कागजी प्रक्रिया पूरा नभएका कारण तलब बाँकी रहन गएको हो।’ 

यस्तै वडाबाट भुक्तानी भरपाई बुझाइसकेपछि सामाजिक सुरक्षा भत्ता निकासा गर्न कठिनाइ नहुने उनको भनाइ छ।

प्रकाशित: Dec 15, 2020| 13:03 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।