काठमाडौं– सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको बताएका छन्।
‘सत्तारुढ हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको छ र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइसकेको छ,’ उनले लेखेका छन्, ‘यस्तो स्थितिमा प्रधानमन्त्रीले अप्रत्यासित ढंगबाट अध्यादेश ल्याउनु गलत छ। तसर्थ अध्यादेश तत्काल फिर्ता लिनुपर्छ।’
बुधबार बस्ने स्थायी कमिटी बैठकमा यस विषयमा छलफल हुने उनले बताएका छन्।