मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक परिषद् अध्यादेश : कांग्रेसले बोलायो पदाधिकारी बैठक

संवैधानिक परिषद् अध्यादेश : कांग्रेसले बोलायो पदाधिकारी बैठक

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 

सरकारले परिषद्को बैठकमा कोरम नपुगेको भन्दै बैठकमा प्रधानमन्त्रीसहित ३ जना सदस्यमात्रैको उपस्थितिमा निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसले बैठक बोलाएको हो।  

'सरकारले अध्यादेश ल्याएर अलोकतान्त्रिक काम गरेको छ। यसमा हाम्रो विरोध छ। अध्यादेश ल्याएपछि उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बुधबारका लागि बैठक डाकिएको छ,' सहमहामन्त्री डा। प्रकाशशरण महतले भने।

बैठक भाेलि बुधबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ। अध्यादेश बाहेक २९ गतेको देशव्यापी आन्दोलनको समीक्षा र समसामयिक विषयमा समेत बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Dec 15, 2020| 12:19 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।