मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपसभामुख खाली राखेर सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद : देउवा

उपसभामुख खाली राखेर सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद : देउवा

प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख पद खाली राखेर सभामुखलाई विश्वासमा नलिई संवैधानिक परिषद् बैठकमा कोरम पुगेन भन्नु हास्यास्पद भएको बताएका छन्। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– प्रमुख प्रतपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख पद खाली राखेर सभामुखलाई विश्वासमा नलिई संवैधानिक परिषद् बैठकमा कोरम पुगेन भन्नु हास्यास्पद भएको बताएका छन्। 

मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि आपत्ति जनाउँदै देउवाले अध्यादेश अलोकतान्त्रिक भएको बताएका छन्।  उनले अध्यादेशबाट सरकारको सर्वसत्तावादी सोच अझ प्रष्ट भएको बताएका छन्। 

‘सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ,’ देउवाले ट्वीटर मार्फत भनेका छन्।  

प्रकाशित: Dec 15, 2020| 12:10 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।