मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक परिषद् बैठक सुरु, देउवा र सापकोटा अनुपस्थित

संवैधानिक परिषद् बैठक सुरु, देउवा र सापकोटा अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। 
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ। 

बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।

अध्यक्षसहित तीनजना मात्रै उपस्थित भए पनि गणपूरक संख्या पुग्ने गरेर आजै सरकारले अध्यादेश ल्याएको थियो। 

आज बिहानको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी थिए। तर, सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी भएनन्।

अहिले साँझ सुरु भएको बैठकमा देउवा र सभामुख सापकाेटा दुवै अनुपस्थित छन्।
 

प्रकाशित: Dec 15, 2020| 12:00 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।