विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १०६ जना कोरोना संक्रमित थपिएका छन्।
६७४ जनाको पीसीआर परीक्षण गर्दा ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
सुनसरीमा ३४, मोरङमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा चार, पाँचथरमा दुई, उदयपुर र तेह्रथुममा एकएक र प्रदेश १ बाहिरका आठजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराह क्षेत्रमा दुईदुई, रामधुनी र दुहवीमा एकएक जना संक्रमित थपिएका छन्।
यस्तै पछिल्लाे २४ घण्टामा मोरङको विराटनगरमा १५, सुन्दरहरैंचामा चार, बुढीगंगामा दुई, मिक्लाजुङ, पथरीशनिश्चरे र बेलबारीमा एकएक जना संक्रमित भए।
झापाको दमकमा चार, मेचीनगरमा तीन, बाह्रदशी र भद्रपुरमा दुईदुई, शिवसताक्षी, कनकाई, बुद्धशान्ति, गौरादह, बिर्तामोड र झापा गाउँपालिकामा एकएक र स्थानीय तह नखुलेका दुई जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ताप्लेजुङको फुङलिङमा १३, इलामको सन्दकपुरमा दुई, इलाम नगरपालिका र चुलाचुलीमा एकएक, पाँचथरको फिदिममा र स्थानीय तह नखुलेका एकएक, उदयपुरको त्रियुगा र तेह्रथुमको आठराईमा एकएक र प्रदेश १ बाहिरका आठ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८७ पुगेको छ।
प्रदेश १ मा मंगलबार ७८ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ७२, मेची अस्पतालबाट चार र विराट मेडिकल कलेजबाट दुई जना डिस्चार्ज भएका हुन्।
प्रदेशमा हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या २३ हजार ९१६ पुगेको छ।