काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश असफल बनाएरै छाड्ने बताएका छन्।
थापाले राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गरेको सरकारको कदमलाई सडक र सदनबाट असफल पार्ने बताएका हुन्।
उनले भनेका छन्, ‘संसद बन्द गररे सरकारले संवैधानिक व्यवस्थाको खिल्ली उडाएको छ।’
जनताको साथ र शक्तिबाट सरकारको यो असंवैधानिक र निरंकुश कदमलाई असफल बनाउने थापाको भनाइ छ।